वीरगन्ज,पर्साको ठोरी गाउँपालिका ५ सुवर्णपुरका हरेराम खड्काले विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गर्नुभएको छ । खड्काले गत मङ्गलबार बिहान १० बजे सगरमाथा आरोहण गर्न सफल हुनुभएको हो । गत चैत २९ गतेदेखि सगरमाथा आरोहणको यात्रा आरम्भ गरेका खड्काले ५० दिनभन्दा बढी समय लगाएर सगरमाथाको चुचुरोमा पाईला राख्न सफल हुनुभएको हो ।

सन् २००५ देखि ट्रेकिङ गाइडका रुपमा काम गर्दै आइरहनुभएका खड्काले भारतीय र नेपाली गरि ३० जना पर्वतारोहीहरुको समुहसंगै गत जुन १ तारिखका दिन विश्वकै सर्वोच्च शिखर आरोहण गर्न सफल हुनुभएको हो । सगरमाथा आरोहण गर्न सफल ठोरीका खड्काले वीरगन्ज महानगरपालिका र ठोरी गाउँपालिकाको नाम अङ्कित ब्यानर सगरमाथाको चुचुरोमा फहराएको पनि बताउनुभयो । यस वर्ष प्रतिकुल मौसमका कारण धेरै विदेशी पर्वतारोहीहरु सगरमाथाको चुचुरोमै नपुगेर आधार शिविरबाट फर्किएको पनि खड्काले जानकारी दिनुभयो । यद्यपि २ दिन मौसम अनुकुल बन्दा आफुहरु भने सगरमाथाको चुचुरोमा पुग्न सफल भएको उहाँले बताउनुभयो ।

सगरमाथा आरोहण पश्चात् सगरमाथाको चुचुरोबाट नजिकै रहेको अन्तिम आधार शिविर आइपुग्नुभएका खड्काले सगरमाथा आरोहण गरेको जानकारी वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी र ठोरी गापाका अध्यक्ष पद्मलाल श्रेष्ठलाई फोन मार्फत गराउनुभएको थियो । दुबै पालिकाले खड्कालाई सगरमाथा आरोहण गर्नका लागि आर्थिक सहयोग गरेका थिए । खडकालाई वीरगन्ंज महानगरपालिकाले २ लाख ५० हजार र ठोरी गाँउपालिकाले २ लाख रुपैया सहयोग गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here