दुष्यन्त चौधरी 
कलैया-  नेपाल मत्स्य व्यवसायी संघ जिल्ला कार्यसमिति बाराको बैठक सम्पन्न भएको छ । शाखाका जिल्ला अध्यक्ष जंगबहादुर साहको अध्यक्षतामा बसेको बैठकबाट फागुन १७ गते अधिवेशन गर्ने निर्णय गरेका बारे शाखाका सचिव रबिन्द्र चौधरीले जानकारी दिए । 
त्यसैगरी बैठकमा  माछा किसानको अवस्था के कस्तो रहेको  बिषयमा विषेश छलफल भएको थियो । साथै माछा किसानका लागि संघले के कस्ता कार्यहरू गर्नुपर्ने बारेमा समेत छलफल गरेका बारे संघका सचिव चौधरीले बताए ।  बैठकमा बारा ,  पर्सा ,  रौतहट  जिल्लाको प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।

Leave a Reply