कृष्णमोहन साह

सढवा,पर्साको जगरनाथपुर गाउँपालिकास्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै स्थानबाट ७८ किलो प्रतिबन्धित ब्रोइलर कुखुरा बरामद गरेको छ ।शस्त्र प्रहरी बोर्डर आउट पोस्ट पिडारी गुठीबाट सशस्त्र प्रहरी नायव निरीक्षक रामशरण सिलवालको नेतृत्वमा गएको गस्ती टोलीले जगरनाथपुर गाउँपालिका–१ बिसुनपुरवा नाका हुदैँ भारतबाट अवैध रुपमा ल्याउदैँ गरेको अवस्थामा पन्ध्र वटा प्रतिबन्धित ब्रोइलर कुखुरा नियन्त्रणमा लिएर स्थानीय जनप्रतिनिधि र सन्चारकर्मीको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।यसैबीच प्रहरी चौकी पिडारीगुठिले समेत भारतबाट अबैध रुपमा ल्याउदै गरेको ७ वटा प्रतिबन्धित ब्रोइलर कुखुरा नष्ट गरेको छ । प्रहरी चौकी पिडारी गुठीबाट प्रहरी हवल्दार अजवलाल साहको नेतृत्वमा गएको प्रहरी गस्ती टोलीले जगरनाथपुर गाउँपालिका–१ बिसुनपुरवाबाट ७ वटा प्रतिबन्धित बोईलर कुखुरा २८ किलो कुखरा बरामद गरि स्थानीय भद्रभलादमी, जनप्रतिनिधि र सन्चारकर्मीको रोहबरमा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरिले जानकारी दिनुभयो ।

















