कलैया,कलैया उपमहानगरपालिकाको सहयोग तथा नगर खेलकुद विकाश समिति कलैयाको आयोजनामा नगरस्तरीय फुटबल प्रतियोगिता शनिवार कलैया– २२ भोडहास्थित फुटबल मैदानमा सुरु भएको छ ।खेलकुदको प्रवद्र्धनका लागि कलैया उपमहानगरपालिकाले गठन गरेको नगर खेलकुद विकाश समितिले विभिन्न खेलकुद प्रतियोगित गर्ने क्रममा फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।नगर उपप्रमुख रौशन प्रवीनले उद्धाटन गर्नुभएको प्रतियोगितामा १२ वटा टिमहरुको सहभागिता रहेको समितिका संयोजक एम.समिउल्लाहले बताउनुभयो ।उद्धाटन समारोहमा सहभागी कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले खेलकुदको माध्यमले आफ्नो पालिकाको नाम देश–विदेशमा चिनाइने भएकोले खेल क्षेत्रको विकासको लागि आफुहरु सदैब तत्परताका साथ काम गर्ने गरेको बताउनुभयो ।उद्धाटन खेल सहयोगी फुटबल क्लब कलैया तथा डि एफ ए क्लब जीतपुरसिमराबिच भएको थियो ।प्रतियोगिताको उद्धाटन कार्यक्रमा विभिन्न वडाका अध्यक्ष, सदस्य, नगर खेलकुद विकास समितिका सदस्य लगायत स्थानीय सहभागीता रहेको थियो । नकआउटको आधारमा खेलाईने प्रतियोगिता एक सातासम्म चल्ने आयोजकले जनाएको छ ।

Leave a Reply