दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको बारागढी गाउँपालिकामा बैदेशिक रोजगारीबाट फर्किएका सीमान्तकृत समुदायका जातीका व्यक्तिहरुको लागि आर्थिक अवसर अभिवृद्धि परियोजना समबन्धी प्रारम्भ बैठक बिहीवार सम्पन्न भएको छ ।
गाउँपालिकाको सभा हल खोपवामा दलित जनजाती उत्थान केन्द्र कलैया बाराको आयोजनामा भएको सो कार्यक्रम गाउँपालिका अध्यक्ष अशोककुमार जयसवालको अध्यक्षतामा र गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देबी रायको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।

बैठकमा प्रमुख प्रशासकीय सरोजकुमार चौधरी, वडा नम्बर २ का वडा अध्यक्ष जोगिन्द्र साह कलवार, वडा नम्बर ३ का वडा अध्यक्ष उमेशप्रसाद साह, वडा नम्बर ४ को वडा अध्यक्ष एवम् बारागढी गाउँपालिकाका प्रवक्ता पन्नाला साह, वडा नम्बर ५ का वडा अध्यक्ष मैनेजर चौधरी, दलित जनजाती उत्थान केन्द्रको कार्यक्रम संयोजक सरोजकुमार सिंह, संस्थाको कार्यकारी निर्देशक ओम्प्रकाश ठाकुर, डा.अजय कोइरी, गाउँपालिकामा कार्यरत विभिन्न शाखाका प्रमुख कर्मचारी, स्थानीय जनप्रतिनिधि, संञ्चारकर्मीलगायतको उपस्तिथि रहेको थियो ।

Leave a Reply