राजन कुमार बानिया
पोखरिया,पर्साको पकाहामैनपुर गाउँपालिकाको १२औं गाउँसभा बिहीवार सम्पन्न भएको छ ।गाउँपालिकाको सभा हलमा भएको सो गाउँसभामा गाउँपालिका उपाध्यक्ष सर्फुनेशा खातुनको आदेशानुसार प्रमुख प्रसाशकीय अधिकृत देवनाथ साहले आगामी आर्थिक वर्ष २०८१-८२ को लागि ३९ करोड ३९ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो ।
सभामा बोल्दै गाउँपालिका अध्यक्ष सुरेश मेहताले नीति तथा कार्यक्रममा कृषि, शिक्षा , स्वास्थ्य , पर्यटन र भौतिक पुर्वाधारको क्षेत्र मुख्य प्राथमिकतामा राखिएको बताउनुभयो । राजनीतिक समस्याका कारण समयमै गाउँ सभा गर्न नसकिएको भन्दै उहाँले ढिलै भएपनि सभा भव्य रुपमा सफल भएको सुनाउनुभएको थियो । उहाँले चुनावको बेला जनतालाई दिएको बाच्च सबै जनप्रतिनिधिहरु मिलेर पुरा गर्नु पर्नेमा जोड दिनुभएको थियोे ।

गाउँपालिका अध्यक्ष मेहताको अध्यक्षतामा भएको गाउँ सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममा गाविसका पूर्वअध्यक्ष नसुरलाह मियाँ, नेपाली काँग्रेसका नेता हरि चौहान, लक्ष्मणप्रसाद कुर्मी, वडा अध्यक्ष, बिनोद मेहता, बलिराम चौरसिया, ढेरीप्रसाद यादव, संजय चौहान, मुकुट चौहान, कार्यपालिकाका सदस्य रामबहादुर सोनार, नेकमहम्द मियाँ लगायतले टिप्पणी गर्नुभएको थियो ।सभामा कार्यपालिका सदस्य, गाउँपालिका कर्मचारी संतोष सराफ, स्वास्थ्य प्रमुख सदाम हुसेन कर्मचरी, शिक्षक, पत्रकार, सुरक्षाकर्मी, बुद्धिजीवीलगायतको सहभागीता रहेको थियो ।

Leave a Reply