सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ स्थित अमलेखगंजमा सेनेटरी प्याड बनाउने तालिम सुरु भएको छ ।महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रम अन्तर्गत वडा नम्बर २१ को कार्यालयको सहयोगमा तालिम सुरु भएको हो । सम्पन्न सवल नेपालको आयोजनामा सुरु भएको तालिममा २० जना स्थानीय महिलाको सहभागिता रहेको छ । महिलालाई पाँच दिनसम्म सेनेटरी प्याड बनाउने प्रशिक्षण दिइनेछ ।यसअघि तालिमको उद्घाटन वडा नम्बर २१ का अध्यक्ष सुवास श्रेष्ठले गर्नुभएको थियो । तालिमको उद्घाटन गर्दै वडाध्यक्ष श्रेष्ठले महिला आत्मनिर्भर र उद्यमशिल हुन जरुरी रहेको बताउनुभयो । महिलालाई लक्षित गरेर वडाले बजेट विनियोजन गरेको बताउदै वडाध्यक्ष श्रेष्ठले तालिमले स्वरोजगार बन्न मद्दत पुग्नेमा आशावादी रहेको बताउनुभएको छ ।तालिमको उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य सुकुमाया कुमारी, वडासदस्य बद्रीनारायण साह, जमुना गौतम, सिता विक, प्रशिक्षक सन्तोषी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । सम्पन्न सवल नेपालकी उपाध्यक्ष लिला सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण लक्ष्मी तिमिल्सिनाले गर्नुभएको थियो ।

Leave a Reply