वीरगञ्ज,पर्साका सबै वडा कार्यालयबाट अनलाइनबाट नागरिकताको सिफारिस हुने भएको छ ।जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै स्थानीय तहका वडा कार्यालयहरुलाई नयाँ नागरिकता सिफारिस अनलाइन प्रविधिमार्फत गर्न सूचित गरेको हो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले एक सूचना जारी गर्दै नागरिकताको प्रतिलिपिबाहेक नयाँ नागरिकता अनलाइन प्रबिधिबाट सिफारिस गर्ने व्यवस्था मिलाउन जिल्लाका सबै स्थानीय तहका सूचना प्रबिधिअधिकृत र वडा सचिवलाई निर्देशन दिनुभएको हो ।
यसका लागि गृह मन्त्रालयद्वारा भर्चुअल माध्यमबाट अनलाइन नागरिकता सिफारिस सम्बन्धि तालिम पनि संचालन गरिसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । माघ २८ गतेबाट अनलाइन प्रविधिबाट नागरिकता सिफारिस गर्न÷गराउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको हो ।
















