कलैया,राजीनामाको लिखत पारित भैइसकेको अवस्थामा पनि मालपोत कार्यालय बाराले धनीलाई जग्गाधनी पुर्जा उपलब्ध नगराएको भन्दै पीडितले कलैयामा पत्रकार सम्मेलन आयोजना गरि गुनासो गरेका छन ।फेटा गाउँपालिका वडा नम्बर ७ कुकुरभुका निवासी राजकरण प्रसाद यादवले कित्ता ७३७ र ७४१ को क्रमश ५ कठा १५ धुर र ३ कठ्ठा १० धुर जग्गा कलैया उपमहानगरपालिका वडा नम्बर २५ ईनरवारी निवासी मखन पंडित कुमारको नाममा २०७९ भाद्र १५ राजीनामा गरेर दिएका थिए । तर मालपोत कार्यालय बाराले अहिलेसम्म पंडितको नाममा दाखिल खारिज नगरेको पीडितले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन । भुमिसुधार तथा मालपोत कार्यालय बाराले २०८० साउन २५ गते जग्गाधनी राजकरणप्रसाद यादवको नाममा तीन दिनभित्र उपस्थितिको लागि जानकारी गराउदा पनि पीडितले अहिलेसम्म लालपुर्जा नपाएका हुन ।पीडित पक्षले जग्गाधनीलाई १८ लाख रुपैया दिइएको एक वर्ष भन्दाबढी भएपनि कार्यालयले पण्डितको नाममा जग्गाको स्वामित्व हस्तान्तरण गरेको देखिदैन ।जग्गाधनी राजकरण यादव र कलैया उपमहानगरपालिका वडा नम्बर ३ बस्ने धिरेन्द्रकुमार जैसवालबीच चेक अनादर मुद्दामा बारा जिल्ला अदालतले यादवको नाममा रहेको साविक मोतिसर गाविस ८ कित्ता नम्बर ६३६ को ४ कठ्ठा १८ धुर, वडा नम्बर ९ को कित्ता नम्बर ७३२ को १ कठ्ठा १२ धुर, सोही वडाको कित्ता नम्बर १२६ को ८ धुर, कित्ता नम्बर १५९ को १३ धुर, वडा नम्बर ८ को कित्ता ६३० को ११ धुर तथा साविक सिसहनिया गाविस वडा नम्बर ७ को कित्ता नम्बर १६९ को ५ कठ्ठा जग्गा बारा जिल्ला अदालले २०७६ मंसिर ४ गते रोक्का गरेको थियो ।पीडित पक्षले राजीनामा पारित गराईएको जग्गा मेघा बैकमार्फत २०७४ कात्तिक ३० गते कित्ता नम्बर ७३७ र ७४१ को क्रमश ०–५–१५ र ०–३–१० जग्गा, मालपोत कार्यालय बाराले सोही मितिमा दृष्टिबन्धक रोक्का रहेकोले जग्गा रोका गरि राख्ने बारा जिल्ला अदालतले मालपोत कार्यालय बारालाई २०७७ पुस १ मा पत्र पठाएको देखिएको छ ।
यसरी मालपोत कार्यालय बाराका कर्मचारीहरुको मिलोमतोमा दृष्टिबन्धक नै नरहेको कित्ता नम्बर ७३७ र ७४१ को जग्गा विगत एक वर्षदेखि रोक्का गरि राखेको पीडितले गुनासो गरेका छन ।भूमिसुधार तथा मालपोत कार्यालय बाराले जग्गाधनी राजकरणप्रसाद यादवको नामबाट दुई कित्ता जग्गा मखन पंडित कुमहारको नाममा राजीनामा पारित भैइ दाखिल खारिज हुन बाँकी रहेको अवस्थामा मालपोत कार्यालय बाराका कर्मचारी र जग्गाधनीबीच चेक अनादर भएको धिरेन्द्र जैसवालको मिलोमतोमा जग्गा रोक्का गरिएको पीडितले बताएका छन ।एकातिर जग्गाधनीले पंडितसंग लिएको नगद १८ लाख फिर्ता गर्न मानेका छैनन भने अर्कोतर्फ मालपोत कार्यालय बाराले जग्गाको लालपुर्जा उपलब्ध नगराएपछि आफू मार्कामा परेको पंडितको गुनासो छ ।



















