कोरोनाले यसपाली मात्र होइन अघिल्लो वर्ष समेत तहसनहस बनाएकै हो । कोरोनाका कारण नेपाल मात्रै होइन सारा बिश्व नै आक्रान्त भयो तर पहिलो लहरका कोरोनाका समयमा पाठ सिकेर धेरै मुलुकले अहिले कोरोनासंग संघर्ष गरिरहेका छन् र लयमा आफ्नो दैनिक पनि फर्काएका छन् । तर नेपालमा अझै राजनीतिक दल र सरकारको लापारवाहीका कारण जनताले कोरोनाको कठोर संघर्ष गरिरहेका छन् ।

गएको वर्षपनि र यस बर्षपनि कोरोनाका कारण शिक्षा क्षेत्र नराम्रोसंग प्रभावित भएको छ । बढी भीड हुने ठाउ भएकाले पनि विद्यालयहरु बन्द गरिएको छ । यो आफैमा ठीक भएपनि बिना बिकल्प विद्यालय बन्द गरिदा विद्यार्थीहरुको भविष्य समेत डमाडोल भएको छ । अभिभावक सहित स्वयम् विद्यार्थीहरु समेत आफ्नो भविष्यबाट चिन्तित छन् । अब यस्तो अवस्थामा विद्यालय बन्द नै समस्या समाधान होइन ।

योबीचमा बाराका निजी विद्यालयका संचालकहरुले विद्यालय संचालनको माग गरेका छन् । विद्यालय संचालन गर्न पाउनु पर्ने उनीहरुको माग जायज पनि छ । अब यो बिषयमा सरकारले नीति बनाउनपर्छ । खाली विद्यालय बन्द गर्दैमा समस्या समाधान हुदैन । विद्यार्थी र अभिभावकहरुको चिन्तालाई संबोधन गर्न आवश्यक छ । तत्काल भौतिक उपस्थितिमा विद्यालय खोल्न संभव नभए पनि अर्को उपाय दिन आवश्यक छ ।

Leave a Reply