निजगढ,सुकुम्बासी संघर्ष समिति निजगढ र निजगढ नगरपालिकाबीच भूमि आयोगको काम अघि बढाउने सहमाति भएपछि समितिले शुक्रवारबाट गर्ने भनेर घोषणा गरेको आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।संघर्ष समिति र निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीसहित वडा अध्यक्षहरुबीच भएको भएको छलफलमा आयोगको काम अघि बढाउने सहमति भएपछि समितिले शुक्रवारबाट गर्ने भनेर घोषणा गरेको आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको हो ।संघर्ष समितिका संयोजक बेनीबहादुर मोक्तानले बिहीवार विज्ञप्ति निकालेर नगर प्रमुख पुरीसहित वडा अध्यक्षहरुले नगरस्तरीय सहजीकरण समितिको बैठक राखेर नगरका सबै वडाहरुमा आयोगको कामलाई गति दिने निर्णय गरेपछि संघर्षका सबै कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी दिनुभएको छ ।विज्ञप्तिमा समितिको माग शंवोधन गरेकोमा नगरपालिकालाई धन्यवाद पनि दिइएको छ । आयोगको काममा कुनै अवरोध उत्पन्न भएको खण्डमा समितिले पूर्णरुपमा सहयोग गर्ने पनि जनाइएको छ ।निजगढ नगरपालिकाले नगरमा भूमि आयोगको काम अघि नबढाएको भन्दै संघर्ष समितिले यसअघि नगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएर शुक्रवारबाट नगरपालिका कार्यालयमा ५ दिनसम्म धर्ना र प्रदर्शन गर्ने आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here