कलैया,प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले जिल्ला प्रहरी कार्यालय बाराको कार्यभार सम्हाल्नुभएको छ ।
प्रहरी उपरीक्षक तामाङले शुक्रवार साँझ जिल्ला प्रहरी कार्यालयमा जिल्लाको सुरक्षा कमान्ड सम्हाल्नुभएको हो ।
प्रहरी उपरीक्षक तामाङलाई जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटासहित प्रहरी निरीक्षक, प्रहरी वरिष्ठ नायब निरीक्षक र प्रहरी जवानहरुले स्वागत गरेका थिए ।
स्वागत कार्यक्रमपछि प्रहरी नायब उपरीक्षक सापकोटाले प्रहरी उपरीक्षक तामाङलाई जिल्लाको सुरक्षा अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।जिल्ला प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी सम्हाल्दै प्रहरी उपरीक्षक तामाङले कुनै दबाबमा नपरी उच्च मनोबलका साथ काम गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो ।