जियालाल चौधरी

कोल्हबी,प्रहरीले कोल्हबी नगरपालिकाको प्रसौनाबाट बुधवार १० थान सालको गोलिया बरामद गरेको छ ।ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी हवल्दार राजेश ठाकुर, सशस्त्र प्रहरी बेस क्याम्प कोल्हबीका प्रहरी नायब उपरीक्षक बिश्वनाथ यादव, सिहोर्वा चौकीका इन्चार्ज रामसकल महतो कमान्डको टोलीले कोल्हबी नगरपालिका वडा न. ६ प्रसौना र वडा न.५ को सोनाभारबाट बिहान ६ बजे १० थान सालको गोलिया बरामद गरेको हो ।विशेष सुराकीको आधारमा खटिएको गस्ती टोलीले बस्तिमा घर पछाडिको झाडीमा लुकाइ छिपाई राखेको २ लाख रुपैयाँ बराबरको १ सय क्युफिट सालको गोलिया बरामद गरेको हो । बरामद गोलिया सब डिभिजन वन कार्यालय अन्तर्गत ककडी पोस्टमा बुझाइएको ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक भोला सिंह अधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply