नेपालका राजनीतिक दलहरु सत्ताका लागि जे पनि गर्न तयार हुन्छन् भन्ने कुरा सोमवारको प्रतिनिधि सभाको बैठकमा भएका हर्कतले पनि पुष्टि गरेको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले चौंथो पटक विश्वासका मत लिँदा गज्जबको मजाक देखिएको छ । उहाँले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुको विरोधका बाबजुद पनि सदनबाट विश्वासको मत लिनुभएको छ ।
वास्तवमा लोकतन्त्रमा प्रतिपक्षको पनि भावनाको संबोधन चैं हुनु पर्दछ । हुन त नेपालमा अहिले प्रतिपक्षले उठाएको विषय आम नागरिकहरुको सरोकारको जस्तो देखिए पनि उसले पनि जनताको भलाइका लागिभन्दा पनि आफ्नो राजनीतिक स्वार्थका लागि आवाज उठाएको हो ।यही कारणले पनि विपक्षीको कुरालाई जनताले खासै पत्याएका छैनन् । जनतले आफ्ना लागिभन्दा पनि काँग्रेसले उसैका लागि सहकारीको कुरा उठाएको भन्ने बुझेका छन् ।
विशेष गरी गृहमन्त्री रवि लामिछानेप्रति काँग्रेस आक्रामक छ । त्यसो त रवि गृहमन्त्री भएको पनि अब तीन महिना हुदैछ । एक सय दिन भनेको काम गर्नका लागि प्रर्याप्त समय हो । रविले यही बाहना बनाएर उता जनालाई पनि उल्लू बनाएकै देखिन्छ । हुन त प्रचण्डले सत्ताका लागि गरेको यो हर्कत खासै नौलो होइन । यस्ता हर्कत विगतमा काँग्रेस, एमालेबाट धेरै भएका छन् । त्यसको सिको पनि भएको हो । जे होस् नेपालका नेताहरु सत्ताका लागि जे पनि जस्तो सुकै हर्कत गर्न पनि पछि पर्दैनन् भन्ने कुराको उदाहरण सोमवार देखिएकै छ । अब यही प्रणालीमा जनताले कसैलाई मत दिएर सदनमा पठाएको खण्डमा यही प्रक्रिया दोहोरिने निश्चित छ ।















