निजगढ,निजगढ नगरपालिकाले यो वर्ष निजगढ नगरपालिका वडा नम्बर १ सिंगौलस्थित धन्सार खोलामा ढुङ्गा, गिटी, बालुवाको ठेक्का लगाउन नसक्दा घर निर्माण कार्य थालेका स्थानीयले समस्या बेहोर्नु परेको छ ।
नदीजन्य पदार्थ उत्खनन र निकासीको ठेक्का बन्दोबस्त नहुँदा घरायसी प्रयोजनको लागि ढुङ्गा र बालुवा प्रयोग गर्न नपाएर स्थानीयले समस्या बेहोर्नु परेको हो । हरेक वर्ष असार महिनामा रोकिएर असोज महिनाको १ गतेबाट सुचारु हुने नदी उत्खनन यो वर्ष ठेक्का विवादका कारण अहिलेसम्म पनि खुलेको छैन ।
ठेक्का लगाउन नसकेपछि नगरपालिकाले अहिले सर्वसाधारणलाई धन्सार नदीबाट नदीजन्य पदार्थ निकाल्न अनमति दिइएको छैन । घरायसी प्रयोजनको लागि नदीबाट ढुङ्गा, बालुवा ल्याउदा सिंगौलस्थित अस्थयी प्रहरी पोष्टका प्रहरीले सर्वसाधारणलाई दुःख दिने गरेको स्थानीयले बताएका छन । निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार र उपप्रमुख लिलादेबी लामिछानेले केही दिनअघि सिगौंल पुगेर अति आवश्यक कामको साथै र संघसस्थाले प्रयोग गर्ने कार्यको लागि ठेक्का नलाग्दखा पनि नदीजन्य पदार्थ निकालेर प्रयोग गर्न सक्ने आश्वाशन दिनुभएको थियो । तर प्रहरीले नगरप्रमुख र उपप्रमुखको निर्देशन विपरित ढुङ्गा जफत गर्ने गरेको हो । नगरपालिकाका प्रमुख÷उपप्रमुखको आश्वासन विपरीत सर्वसाधारणले अति आवश्यक कामको लागि ल्याएको ढुङ्गा जफत गरेर प्रहरीले सर्वसाधारणलाई दुःख दिदै आएको स्थानीय रामकाजी दनुवारले बताउनु्भयो ।
जिल्ला वन कार्यालय बारा र राष्ट्रपति चुरे संरक्षण विकास समितिको असहमतिका कारण नगरपालिकाले यो वर्ष नदी जन्य पदार्थ उत्खननको ठेक्का लगाउन छैन । अघिल्लो महिनामा नै ठेक्का बन्दोबस्त गर्ने तयारी गरेको नगरपालिकाकाले वन कार्यालयको असहमतिका कारण पटकपटक ठेक्काको बोलपत्र बुझाउने सयम पटकपटक गरी ३ पटकसम्म थपेको छ । आफनो क्षेत्राधिकारभित्र पर्ने नदीमा नगरपालिकाले अनुमति नै नलिइ आईई रिपोर्ट तयार पारेर ठेक्का लगाउन सूचना सार्वजनिक गरेपछि डिभिजन वन कार्यालय बाराले विरोध गरेको हो । ठेक्का विवादमा राष्ट्रपती चुरे संरक्षण तथा विकास समितिको टोलीले समेत निजगढ नगरपालिकाले प्रस्ताव गरेका नदीहरुको अनुगमन गरेको थियो ।
निजगढ नगरपालिकाले यो वर्ष धन्सार, बकैयालगायत नगर क्षेत्रभित्र पर्ने बगरे, लाल, भक्तलाल र शक्ति खोलामासमेत आईईई गरी उत्खनन र निकासीको लागि का थप ५ वटा नदीबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन र निकासीको ठेक्का लगाउने तयारी गरेको छ ।