निजगढ,निजगढ नगरपालिकाको नगर सभा तथा एघारौं हिउदे अधिबेशन शुक्रवार सम्पन्न भएको छ ।निजगढ नगरपालिकाको सभा हलमा भएको नगर सभामा सभाका अध्यक्ष एंव नगर प्रमुख सुरथ पुरीले नगरपालिकाको पछिल्लो गतिविधि एवंम नगरपालिकाको अवस्था बारे जानकारी गराएपछि अधिबेशन सुरु भएको थियो । सभामा नगर सभाकी उपाध्यक्ष एवम नगरपालिकाकी उपप्रमुख सोममाया थिङले स्वागत मन्तव्य राख्नुभएको थियो ।अधिबेशनमा बिधेयक समितिका संयोजक एवंम नगर सभा सदस्य टेकबहादुर लामाले प्रस्ताव गरेको निजगढ नगरपालिकाको शिक्षा (पहिलो संसोधन) बिधेयक, २०८०, निजगढ नगरपालिकाको सहकारी (पहिलो संसोधन) बिधेयक, २०८०, निजगढ नगरपालिकाको वातावरणीय तथा प्राकृतिक श्रोत संरक्षण (पहिलो संसोधन) बिधेयक, २०८० र निजगढ नगरपालिकाको चालू आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत केही बार्षिक योजना तथा कार्यक्रम संसोधन तथा हेरफेर सम्बन्धी प्रस्तावको नगर सभा सदस्य एवम वडा न १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोलेले समर्थन गर्नुभएको थियो ।बैठकमा नगरसभा सदस्य लामाद्वारा प्रस्तुत, नगरसभा सदस्य गोलेको समर्थन र नगर प्रमुख पुरीले निर्णायार्थ प्रस्तुत गरेका बिधेयकहरुमाथि छलफल गरी नगरसभा सदस्यहरुले सर्वसम्मतिमा पारित गरेपछि निजगढ नगरपालिकाको एघारौ हिउदे अधिबेशनको अन्त्य भएको थियो । नगर सभाध्यक्ष पुरीले सभामा सबै प्रस्तावहरु पारित भएको जानकारी गराउदै नगर सभा समापन गरिएको घोषणा गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here