आरके चौधरी
सुखर्वापर्सौनी,र्साको पटेर्वासुगौली गाउँपालिबाट प्रहरीले सालको गोलियासहित साइकल नियन्त्रणमा लिएको छ ।
सब डिभिजन बन कार्यालय रंगपुरटाडीबाट जमदार अर्जुन चौधरीको नेतृत्व खटिएको गस्ती टोलीले पटेर्वासुगौली – २ बाट तिन थान सालको काठको गोलियासहित साइकल नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिइएको काठ २९ क्यु फिट रहेको र काठको बजार मूल्य १ लाख ४० हजार पर्ने रेन्जर कपिलदेव यादवले जानकारी दिनुभयो ।गादी, चाभी, थरहठी घाटबाट राष्ट्रिय बन कटान गरी काँचो सालको गोलिया देउरबना तर्फ लैजाँदै गरेको अवस्थामा गस्ती टोलीलाई देखेर तस्करहरू फरार भएको जमदार चौधरीले बताउनुभयो । काठको चोरी तस्करीमा प्रयोग गरिएको तिन थान साइकल पनि नियन्त्रणमा लिइएको जमदार चौधरीले बताउनुभएको छ ।

















