बिरगंज – साउथ जोन माध्यमीक विद्यालयको ११औँ स्थापना दिवसको अवसरमा महिना भरी विद्यालय द्धारा विभिन्न कार्यक्रमहरु को आयोजना गरिएको छ । ११औँ वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुको निःशुल्क आँखा–नाक चेक जाँच, मानव सेवा आश्रमका असहायहरु लाई न्यानो कपडा वितरण, चेस प्रतियोगीता , दौड प्रतियोगीता लगायत विभिन्न एथेलेटिक्स खेलहरु को आयोजना गरिएको गरिएको थियो ।
माघ १८ गते पर्न गएको ११औँ वार्षिक उत्सवको दिन विद्यालयको प्राँगणमा सांस्कृतीक कार्यक्रम स्टुडेन्ट अफ द एयर–२०७६ स्मृती साह लाई सम्मान गरिएको छ । त्यसै गरी ११औँ वार्षिक उत्सवको अवसरमा गोला प्रथा द्धारा छनौट गरिएका ११ जना शिक्षकहरु लाई ५ हजार राशि भएको प्रत्येक शिक्षकलाई चेक हस्तान्त्रण, आएका अतिथीहरु मा माया को चिन्ह दिई सम्मानीत गरिएको थियो ।
विद्यालयका सल्लाहकार सुरेश मुड्भरी को अध्यक्षतामा भएको कार्यक्रम का प्रमुख अतिथी समाजवादि पार्टि समन्व्यन समितीका अध्यक्ष नेक महम्मद अन्सारी, विशिष्ट अतिथीमहाशाखा शैक्षिक प्रसाशण महाशाखा का अर्विन्दलाल कर्ण, प्याबसन पर्साका अध्यक्ष डा.हरिशंकर साह, अन्य अतिथीहरु मा नेपाल टेलिभिजन का नेहाल खान, समाजवादि पार्टिका नगर उपाध्यक्ष शेख रुषतम, वडा नं.१३ का वडा अध्यक्ष तुफान अन्सारी, युवा नेता सद्दाम हुसैन मन्सुरी, अभियान्ता प्रकाश थारु, बिरगंज युवा समाजका कमल चौगाई,अमर गौतम, गुड्डी जोशि लगायत को उपस्थिती रहेको थियो ।
साउथ जोन मा.वी ले आफनो वार्षिक उत्सवको अवसरमा न्युज लेटर मिरर नामक म्यागजीन समेत विमोचन गरेको छ । साथै, मिस्टर एण्ड मिसेज साउथ जोन २०७६ का विजेताहरु लाई समेत पदभार सम्मानित गरिएको थियो । र कार्यक्रम सञ्चालन अशोक सर ले गर्नु भएको थियो ।