अनिल तिवारी
सिमरा – पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तरगत रहेको जनहित उपभाक्ता समिति बाराले आफ्नो अवलोकन भ्रमणको दोस्रो दिन बर्दिया राष्ट्रिय निकुञ्ज लगाएतको क्षेत्रमा भ्रमण गरेको छ । बन संरक्षणमा लागेको आफ्ना सदस्यहरुलाई ४ दिने अध्ययन अवलोकन भ्रमणमा लगेको यस समितिले आफ्ना सदस्यहरुलाई भ्रमणको दोस्रो दिन बर्दिया राष्ट्रिय निकुञ्जका साथै घोडाघोडि तालको अध्ययन अवलोकन गराएको छ । पर्सा बन्यजन्तु आरक्षबाट पर्सा राष्ट्रिय निकुञ्ज भएपछि यस क्षेत्रमा पर्यापर्यटनको राम्रो सम्भावना रहेकोले आफ्नै क्षेत्रमा पर्यटनको सम्भावनालाई बलियो बनाउन यस भ्रमणको आयोजना गरीएको समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले जानकारी दिनुभयो ।
चार दिने भ्रमणका लागि आफ्ना मातहतका समुहहरुको सदस्य सहित भ्रमणमा निस्केको यस समितिले उहाँले यो भ्रमण नेपालको पश्चिममा बाकेँ बर्दिया क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज, आरक्षका साथै मध्यवर्ती क्षेत्र संग सम्बन्धित सिको सहकारीहरुको समेत अध्ययन अवलोकन गर्ने छ । भिजिट नेपाल २०२० को अवसर पारेर समेत यस समितिले आफ्ना सदस्यहरुलाई भ्रमणमा लगेको समितिका अध्यक्ष श्रेष्ठको भनाई छ । उहाँले चार दिने भ्रमणको क्रममा बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्ला फाँटा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्जका साथै नेपालकै लामो झुलुङ्गे पुल, महाकालि नदि लगाएतको स्थानको भ्रमण गर्ने जानकारी दिनुभयो ।
भ्रमणको दोस्रो दिन समितिको सहकार्यमा शुक्ला फाँटा राष्ट्रिय निकुञ्जमा रहेको होमस्टेमा बास बसेको र त्यस बखत ताहाको रिति संस्कृतबाट मनोरञ्जन लिएको जानकारी दिनुभयो । भ्रमणमा जनहित उपभोक्ता समिति अन्तरगत रहेको राधाकृष्ण सामुदायीक बन समुह, मुसहर्नीमाई बन समुह, भिमेश्वर सामुदायीक बन समुह र जनजागरण सामुदायीक बन समुहका करिब १५० जान सदस्यहरुको सहभागीता रहेको छ ।
यसैगरी समितिले ख्क्ष्क्क्ष्त् ल्भ्एब्ी द्दण्द्दण् को अवसर पारेर आयोजना गरेको यस भ्रमणमा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सुन्दर विक, सिता गुरुङ्ग, शोभा लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वती चौधरी, भिजिट नेपाल २०२० प्रदेश नम्बर २ का सदस्य मोहन शर्मा लामिछाने, जनहित उपभोक्ता समितिका उपाध्यक्ष अनिता लम्साल अधिकारी, राधाकृष्ण सामुदायीक बन समुहका अध्यक्ष चोलाबहादुर पण्डित, मुसहर्नीमाई बन समुहका अध्यक्ष कुबेर न्योपाने, भिमेश्वर सामुदायीक बन समुहका अध्यक्ष पेशल मुल्मी, र जनजागरण सामुदायीक बन समुहका अध्यक्ष तारा कार्की लगायत समितिका सदस्यहरुको सहभागीता रहेको छ ।