निजगढ,रक्षामन्त्री मानवीर राईले निर्माणाधिन तराई मधेस– काठमाण्डौं दु्रतमार्ग (फास्टट्रयाक) को निर्माण कार्य पूरा भएपछि यसले नेपाल र नेपाली जनतालाई अझ बढी निकट बनाउने र एकताको सुत्रमा जोड्ने बताउनुभएको छ ।
निजगढ नगरपालिका वडा नम्बर ५ बागदेवस्थित श्रीसार्वजनिक माध्यमिक विद्यालयको ६०औं बार्षिकोत्सवलाई तथा हीरक जयन्ति समारोहमा बोल्दै मन्त्री राईले सोमवार सो कुरा बताउनुभएको छ ।
फास्टट्रयाकको निर्माण पूरा भएपछि तराई÷मधेस र मध्ये पहाडी क्षेत्रका बासिन्दालाई राजधानी काठमाण्डौं र देशका अन्य शहरसम्म पुग्न सहज हुने र यसले देशको सामाजिक, सांस्कृतिक र भौगोलिक एकताको लागि पनि आधार प्रदान गर्ने उहाँको भनाई थियो । ‘भौतिक पूर्वाधारको दृष्टिले मात्रै होइन, राष्ट्रिय एकताको दृष्टिले पनि यो मार्ग महत्वपूर्ण छ ।’ उहाँले भन्नुभयो ।विभिन्न समूहको नाममा केही व्यक्तिहरुले जातीयता र क्षेत्रीयताको नारा लगाएर नागरिकहरुबीच विभाजन उत्पन्न गर्ने प्रयास गरिरहेको बताउदै मन्त्री राईले फास्टट्रयाककोनिर्माणले नेपालीहरुलाई एउटै मालामा गास्ने काम गर्ने बताउनुभयो । फास्टट्रयाकनिर्माणपछि राजधानी काठमाण्डौं र देशका अन्य भूभागको दुरी घटेर एकअर्काबीचको सामिप्यता बढने मन्त्री राईको कथन थियो । यातायातको सुविधाले देशको एउटा र अर्को क्षेत्रबीचको दुरी कम हुन तथा सबै क्षेत्रमा नागरिकहरुबीच पहुँच वृद्धि भई भावनात्मक सम्बन्धमा विकास हुने र राष्ट्रिय एकतामा टेवा पुग्ने उहाँको भनाई थियो ।
मन्त्रीराईले नेपाली सेनाले जिम्मा लिएको उक्त सडकको निर्माण कार्य निर्धारित समयमै पुरा हुने विश्वास पनि व्यक्त गर्नुभयो । प्रभावित क्षेत्रमा सडक निर्माणको क्रममा पुगेको असरको न्यूनीकरण त्यसको क्षतिपूर्तिको लागि आयोजनाले काम गर्ने बताउनुभयो । उहाँले सडक निर्माणको क्रममा निजगढ नगरपालिका क्षेत्रभित्र विभिन्न भौतिक संरचनाहरुको क्षति भएको भए आयोजनाले सोको पुर्ताल गर्ने बताउनुभयो ।
‘खानेपानी, सिँचाई, सडक, विद्यालय, स्वास्थय चौकी जस्ता संरचनामा क्षति पुगेको हुनसक्छ, उहाँले भन्नुभयो, प्रभावित क्षेत्रमा नदी नियन्त्रण र तटबन्धनको काममा पनि ध्यान दिइने छ ।’ उहाँले बकैया खोलाको बाढीबाट निजगढबासीलाई जोगाउन आफूहरुले सहयोग गर्ने पनि बताउनुभयो ।एक अर्को प्रशङ्गमा मन्त्री राईले संविधानको रक्षा र देशको विकासलाई गति दिन नेकपा एमाले र नेपाली काग्रेसबीच सत्ता सहकार्य भएको पनि बताउनुभयो । यी दुई पार्टीकै नेतृत्वमा वर्तमान संबिधान जारी भएको र यसको रक्षाको लागि पनि काग्रेस र एमालेमिलेर सरकार बनाउनुपरेको उहाँको दाबी थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा गौतमको अध्यक्षतामा भएको सो कार्यक्रममा बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य अच्युत मैनाली, मधेस प्रदेश सभा सदस्य मिना लामा, निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, प्राध्यापक डा. धु्रब घिमिरे, निजगढ नगरपालिकाका पूर्व प्रमुख सुरेश खनाललगायतले विद्यालयको प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए ।हीरक जयन्ति समारोहमा विद्यालयका संस्थापक सदस्यहरु, व्यवस्थापन समितिका पूर्वपदाधिकारी, खेलकुद, पत्रकारिता तथा कला क्षेत्रमार्फत देश विकासको लागि योगदान पु¥याएका र निजामति तथा अन्य सरकारी सेवामा प्रवेश गरेर अधिकृतभन्दा माथिल्लो तहमा पुगेका विद्यालयका पूर्व विद्यार्थी, पूर्वशिक्षक र विद्यालयको विकासमा योगदान गर्ने २ सयभन्दा बढीलाई सम्मानित गरिएको थियो ।विद्यालय स्थापनाको ६० वर्ष पुगेको अवसरमा बार्षिकोत्सव कार्यक्रमलाई हीरक जयन्ति समारोहको रुपमा मनाएको हो ।
बकैया नदी तटबन्धको माग
निजगढ,निजगढ नगरपालिकका प्रमुख सुरथ पुरीले दु्रतमार्गको प्रभावित क्षेत्रको रुपमा रहेको निजगढमा आयोजनाको तर्फबाट विकास निर्माणका कार्य संचालन गर्न रक्षामन्त्री मानवीर राईसंग आग्रह गर्नुभएको छ ।सार्वजनिक मावि बागदेवको हीरक जयन्ति समारोहमा सहभागी हुन निजगढ आउनुभएका रक्षामन्त्री राईलाई सिमरा विमानस्थलमा भेटेर नगर प्रमुख पुरीले आयोजनाको सामाजिक उत्तरदायित्व अन्तर्गत निजगढको बकैया नदी तटबन्धसहित स्वास्थ्य, शिक्षा र पूर्वाधारका अन्य क्षेत्रमा लगानी गर्न माग गर्नुभएको हो ।
‘निजगढ आयोजनाबाट प्रभावित र लाभान्वित क्षेत्र पनि हो, नगर प्रमुख पुरीले भन्नुभएको छ, तर परियोजनाको तर्फबाट निजगढबासीले प्राप्त गर्नुपर्ने कुनै पनि किसिमको सेवा सुविधा हालसम्म पाएका छैनन ।’उहाँले नदी तटबन्धसहित बकैयाको मोहोरी सिँचाई, लाल गाउँमा खानेपानी, डम्बरपुरको चेपाङ्ग बस्तिमा विद्यालय, स्वास्थ्य चौकी, निजगढको प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा विस्तार तथा सडक निर्माण जस्ता कार्यमा सहयोग गर्न माग गर्नुभएको छ ।नगर प्रमुख पुरीले मन्त्री राईलाई निजगढ नगरपालिकाको तर्फबाट आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत गर्न आवश्यक कार्यक्रम समेटिएको ध्यानाकर्षण पत्रसमेत बुझाउनुभएको छ ।