कृष्णमोन साह
सेढवा, पर्साको जीराभवानी गाउँपालिकामा प्रहरीले अवैध तयारी मदिरा बरामद गरि नष्ट पारेको छ ।प्रहरीले जीराभवानी गाउँपालिका वडा नम्बर १ जगतिया चोकबाट तीस लिटर मदिरा बरामद गरेको जनाएको छ । प्रहरीले मंगलवार बिहान भारततर्फ लैजादैँ गरेको अवस्थामा मदिरा बरामद गरि नष्ट पारेको हो ।प्रहरी चौकी महादेवपट्टिबाट प्रहरी सहायक निरीक्षक ललितकुमार साहको नेतृत्वमा गएको प्रहरी टोलीले उक्त मदिरा नष्ट पारेको हो ।साइकलमा अवैध रुपले भारततर्फ लगिरहेको अवस्थामा उक्त मदिरा बरामद गरि स्थानीय भद्रभलादमी, सञ्चारकर्मीको रोहवरमा नष्ट पारिएको प्रहरी चौकी महादेवपट्टीले जनाएको छ ।

Leave a Reply