उमेश घलान

रतनपुर,नेपाल तामाङ–घेदुङ बाराकोे सातौं जिल्ला अधिवेशनले सूर्यबहादुर घलानलाई दोस्रो पटकको लागि जिल्ला अध्यक्षमा चयन गरेको छ । घलानको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति गठन गरेको हो ।शनिबार निजगढमा भएको अधिवेशनले निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष समेत रहनुभएका घलानलाई अध्यक्षमा चयन गरेको हो ।अधिवेशनबाट तिलक जिम्बा घेदुङ्गको उपाध्यक्ष र महिला उपाध्यक्षमा हिरालक्ष्मी लामा चुनिनुभएको छ । त्यसैगरी सचिव हिरा लामा, सहसचिवमा सागर तामाङ्ग र कोषाध्यक्षमा राजु लामा सर्वसम्मत चयन हुनुभएको छ ।त्यसैगरी सदस्यहरुमा हिरालाल गोले, नेमा तामाङ्ग, शान्तिमाया गोले, पालमान थोकर, गंगा लामा, हिराबहादुर पाख्रिन, रुपा घलान, बुद्धसिंह गोले, सुसमाया स्याङतान, पुड्के सिंह रुम्बा, भिमबहादुर भ्लोनलगायत १७ जनालाई सदस्यमा सर्वसम्मत चयन गरिएको छ ।नगरपालिका वडा नम्बर ८ स्थित निजगढ बैक्युईट पार्टी प्यालेस एण्ड सेमिनार हलमा भएको अधिवेशनमा घेदुडका केन्द्रीय अध्यक्ष मोहनकुमार गोले, मधेस प्रदेश सभा सदस्य मिना लामा, निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्गलगायतले अधिवेशन सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो । अधिवेशनमा बारा जिल्लाको जितपुरसिमरा, कलैया उपमहानगरपालिका, कोल्हवी, र निजगढ नगरपालिका तथा करैयामाई गाउँपालिकाबाट २७ जना प्रतिनिधिसहित सयौं सदस्यहरुको सहभागीता रहेको थियो । अधिवेशनमा कलाकारहरुले तामाङ्ग समुदायको संस्कृति झल्किने गीत तथा नृत्यसमेत प्रस्तुत गरेका थिए ।

Leave a Reply