सिमरा,नेकपा एमाले निकट युवासंघ नेपालको भेलाले जितपुरसिमरा उपमहानगरपालिका कमिटी बुधबार गठन गरेको छ । कमिटीको अध्यक्षमा सोमलाल बम्जन सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यसैगरी कमिटीको उपाध्यक्षमा संतोष यादव, सचिव आयुक खान, सहसचिवमा रामाकान्त महतो र कोषाध्यक्षमा पुनम चौधरी सहित ५५ सदस्यीय उपमहानगर कमिटी गठन गरिएको छ । यसअघि आयोजित भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य दिनेशकुमार राई, एमाले बाराका कार्यवाहक अध्यक्ष देवनारायण चौधरी, प्रचार विभाग प्रमुख मनोज पौडेल, जिल्ला कमिटी सचिवालय सदस्य ईश्वर ढकाल, युवा संघ नेपालका केन्द्रीय पूर्वसचिव ध्रुव यादव, नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष कृष्ण खनाल, जिल्ला कमिटी सदस्य अमृतलाल श्रेष्ठ, सरीता सुव्वा, युवा संघका केन्द्रीय सदस्य अनिल भण्डारी, राजेश पटेल, जिल्ला अध्यक्ष राम यादव लगायतले भेला सफलताको शुभकामना व्यक्त गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजानु पर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा नेकपा एमालेका स्थानीय नेताहरु रबिन्द्र खकुरेल, पुर्णचन्द्र तिमल्सिना, दिलीप दाहाल, श्याम भट्टलगायतको उपस्थिति रहेको थियो । भेला जिल्ला उपाध्यक्ष रामकुमार भट्टराईको सभापतित्वमा र गणेश रिजालको सहजीकरणमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here