वीरगञ्ज, ८ असोज
नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा नेपाली कांग्रेस विश्रामपुर गाउँपालिकामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली काँग्रेस विश्रामपुर गाउँपालिका कार्यबाहक सभापति रामानन्द पाल को अध्यक्षता सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का अध्यक्ष एवं वारा क्षेत्र नम्बर ४ ख का नेपाली कांग्रेसबाट प्रदेश सभा सदस्यका उम्मेदवारमा सिफारिस लोकेश सिंहले वारामा कांगे्रसको संगठन सुदृढ रहेको कारण चारवटै क्षेत्र यस पटक कांग्रेसले जित्ने दावी गर्नुभयो । उहाँले गठबन्धनका दलहरु विच चुनावी तालमेल हुने सम्भावना अझै रहेको र पार्टीले आफूलाई उम्मेदवार बनाएमा चुनाव जितेर देखाउने दावी समेत गर्नु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता लाल बाबु सिंह, अरुण दुबे, इच्छा वाग्ले, बिजय गुप्ता, छबि लाल शर्मा, राजकिशोर गुप्ता लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply