निजगढ,बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको क्रममा जनमत पार्टीका कार्यकर्ताहरुले मौन अवधिमा निर्वाचन आचार संहिता वितपरित सूर्य चिन्ह बिनाको नमुना मतपत्र सर्वसाधारण मतदातालाई बाढेको पाइएपछि नेकपा एमालेले निर्वाचन अधिकृतको कार्यालय कलैयामा हिजो उजुरी दिएको छ । नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलका प्रतिनिधि मनोज पौडेलेले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले आफ्नो पार्टीको चुनाव चिन्ह सूर्य नभएको नमुना मतपत्र मतदाताको घरघरमा पुर्याएर बाढेको पाइएपछि उम्म्ेदवार कुशवाहामाथि कारबाहीको माग गर्दै उजुरी दर्ता गराउनुभएको हो । एमालेले कुशवाहाका कार्यकर्ताहरुले वितरण गरेको नक्कली नमुना मतपत्रसहित कार्यालयमा उजुरी गरेका हुन । कुशवाहाले सूर्य चिन्ह नभएको मतपत्र बाढेर मतदातालाई भ्रमित पार्न खोजिएको भन्दै पौडेले कारबाहीको माग गरिएको बताउनुभएको छ । चुनाव प्रचारको मौन अवधि सुरु भएपछि जनमत पार्टीका कार्यकर्ताहरुले हिजो क्षेत्रका विभिन्न पालिकामा सूर्य चिन्ह नभएको नक्कली नमुना मतपत्र छापेर बाढेका थिए । एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले आफूलाई समर्थन गरेको भन्दै कुशवाहाले एमालेको चुनाव चिन्ह नभएको नक्कली नमुना पतपत्र बाढेका हुन । कुशवाहाले यसअघि पनि एमालेका उम्मेदवार पौडेलले आफूलाई समर्थन गरेको भन्दै भ्रमपूर्ण प्रचार गर्दै आएका थिए । निर्वाचनमा पराजित हुने देखेपछि जनमतका कार्यकर्ता र उम्मेदवार कुशवाहाले निर्वाचतलाई प्रभावित पार्न भ्रमको खेति थालेको र यसबाट बिचलित नभइ सूर्य चिन्हमा मतदान गर्न मतदातसंग एमालेले मतदातासंग आग्रह गरेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोज चौधरीले जनमत पार्टीका उम्मेदवार र कार्यकर्तांबाट भएको आचारसंहिता विपरितको कार्य बारे परेको उजुरीमाथि छानविन गरी कारबाही गरिने बताउनुभएको छ ।

Leave a Reply