राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा कारगारबाट सरुवा गराएर काठमाडौं लगिएको छ ।
सहकारी ठगी प्रकरणमा करिब पाँच महिनाअगाडि पक्राउ परेका लामिछानेका विषयमा धेरै टिका टिप्पणी पनि भएको पाइन्छ । रविलाई अन्याय भएको र राजनीतिक प्रतिशोध भएको भनेर एक थरीले आरोप लगाइरहेको अवस्थामा सत्ता पक्षले भने रवि दोषी नै भएको करार गर्ने प्रयासमा छन् । यद्यपि अदालतमा विचाराधिन मुद्दा भएकाले अन्तिम फैसला नआउँदासम्म त यसै भन्न सकिने कुरा भएन ।
तर, रविको जस्तै केही केस भने अलिक अनौठो खालको पनि छ । त्यसैले पनि रविमाथि प्रतिशोध नै हो कि भन्ने तर्कमा पनि बल पुग्ने गर्दछ । समान मुद्दामा कसैलाई उन्मुक्ति अनि कसैलाई जेलको यात्रा कायम गरिएको छ । यो चैं अन्याय नै होला । समान विषयमा फरक तरिकाले मुद्दाको मिसिल बन्नु पनि विडम्बनाकै कुरा होला । सबैलाई स्पष्टसंग बुझेको कुरा के हो भने केही न केही चैं सत्ता पक्षको बद्मासी पनि छ ।
राजनीतिमा विपक्षी सिध्याउनु पनि हुन्न तर नेपालका सवालमा मात्र होइन बिश्वका कयौं राजनीतिमा विपक्षीलाई उठ्न नै नसक्ने गरी थला पारिएको पनि छ । नेपालमा त कमै छ बरु । रास्पवाको सवालमा रवि जेलमा गए पनि त्यो पार्टीका अरुका लागि खासै समस्या पनि छैन ।सहकारी ठगको सवालमा रवि जस्तै दोषी भनिएका केहीलाई उन्मुक्ति अनि केहीलाई कारगार यो अलि हजमको कुरा पनि नहोला है ।















