वीरगन्ज,पर्साको जगरनाथपुर गाउँपालिकाको कार्यालयमा चोरी हुँदा सेवा प्रभावित भएको छ । अज्ञात व्यक्तिले गाउँपालिका कार्यालयस्थित रोजगार सेवा केन्द्रमा रहेको इन्टरनेटको राउटर चोरेर लागेपछि सेवा प्रभावित भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायकाअनुसार मङ्गलबार राती एकजना अज्ञात व्यक्तिले रोजगार सेवा केन्द्रको झ्यालको सिसा फुटाएर राउटर चोरेर लागेका छन् ।राउटर चोरी गर्नुका साथै चोरले इन्टरनेटको तारसमेत काटिदिएको अधिकृत रायले बताउनुभयो । इन्टरनेट नहुँदा विभिन्न कामको सिलसिलामा गाउँपालिकाको कार्यालय आएका सेवाग्राहीलाई सेवा उपलब्ध गराउन कठिनाई भएको उहाँले बताउनुभयो ।यस अघि १५ दिन पहिलापनि गाउँपालिकाको योजना शाखामा राखिएको राउटर चोरी भएको थियो । स्थानिय केही उच्छृंखल व्यक्तिहरुले गाउँपालिकाको कामकाज प्रभावित पार्ने उद्देश्यले नै गाउँपालिबाट राउटर चोरी गर्ने र इन्टरनेटको तारहरु काटिदिने गरेका अधिकृत रायको भनाइ छ ।

Leave a Reply