निजगढ,निजगढ नगरपालिका वडा नम्बर ५ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको १२औं साधारण सभा शनिवार सम्पन्न भएकोे छ ।संस्थाको मुख्य कार्यालय शान्ति टोलस्थित सभा हलमा भएको साधारण सभाको उद्धाटन मधेस प्रदेश सभाका सदस्य त्रिलोकी प्रसाद चौधरीले पानसमा दियो बालेर गर्नभएको थियो । कार्यक्रममा बोल्दै सभासद चौधरीले स्थानीय किसानको जीवनस्तर उकास्न सहकारीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले मधेस प्रदेश सरकारको तर्फबाट संस्थाको विकासको लागि सहयोग उपलब्ध गराउने कुरामा प्रतिद्धता जनाउनुभयो ।त्यस्तैगरी कार्यक्रमका विशिष्ठ अतिथि निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले संस्थाको कर्मचारीले आफ्नो दायित्व पुरा गर्नुपर्नेमा जोड दिनुभयो । संस्थाको आर्थिक हिनामिना गर्नु भनेको आमाको रगत चुस्नु जस्तै भएको बताउनुभयो ।कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट ५२ जना शेयरधनी किसानलाई प्रतिकिसान २ हजार मूल्य बराबरको पशुऔषिध र गोला प्रथाव्दारा २० जना कृषकलाई भ्रमण र ८० जनालाई प्रतिव्यक्ति १ बोरा चोकर उपहार प्रदान गरिएको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । संस्थाले आयोजना गरेको वकृत्वकला प्रतियोगितामा विजयी हुने छात्रछात्रालाई पनि सम्मान र पुरस्कार वितरण गरिएको थियो ।२ हजार २ सय पशुपालक किसान सदस्य रहेको बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले हाल निजगढका विभिन्न वडामा रहेका दुग्ध संकलन केन्द्रमार्फत दैनिक ८ हजार ५ सय लिटर दुध संकलन गर्दै आएको छ ।संस्थाका अध्यक्ष थानेश्वर सापकोटाको सभापतित्वमा भएको सो कार्यक्रममा कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ५ का अध्यक्ष सुर्य थापा, वडा नम्बर ६ का घनाश्याम तिमल्सिना, वडा नम्बर ७ का टेकबहादुर लामा, निजगढ खानेपनी तथा सरसफाइ उपभोक्त संस्थाका अध्यक्ष सुदर्शन कोइराला, नेकपा एमाले निजगढ नगर उपाध्यक्ष भोला गौतम, लोकप्रिय बचत तथा ऋण सहकारी संस्था निजगढ ७ का अध्यक्ष अम्विका चौलागाईलगायतले साधारण सभाको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply