अनिल तिवारी
सिमरा – बाराको सिमरा बजनीमा रहेको मालपोत कार्यालयमा भ्रस्टाचार बढ्दै गएको पाइएको छ । मालपोत कार्यालयका क्रमचारीहरुले कुनैपनि काम गराउन जाने सेवाग्राहीको काम विभिन्न बाहाना बनाएर अडकाउने र गर्ने परे पैसा लिएर मात्र गर्ने गरेको पाइएको हो ।

 

 

 

 

मंगलबार मालपोतमा आफ्नो काम लिएर गएका एक सेवा ग्राहीले नगदि रसिद कटान पनि अतिक्ति एक सय बुझाएपछि यो रहस्य बाहिर आएको हो । यहाँका क्रमचारीहरु सकेसम्म लेखापढि ब्यवसायीकै मार्फत काम गराउन खोज्ने र बेलुका सबैको फाईल हेरेर काम अनुसार कमिशन बुझने गरेको सेवा ग्राहीहरुको गुनासो छ । हाल मालपोत कार्यालय सिमरामा रहेर काम गर्ने लेखापढि ब्यवसायी पनि भित्रका क्रमचारीहरुसंग त्रसित बनेको नाम नबताउने शर्तमा एक लेखन्दासले जानकारी दिएका छन् ।

 

 

 

 

उनले आफैले काम गराउन आउनेले घटिमा एक सय नगदि रसिद काटन र मठ भिडाई अरु काम गर्न ५ सय देखि ३ हजार सम्म बुझाउने गरेको जानकारी दिए । गरीब परिवारका सेवा ग्राहीले कुनै काम लिएर मालपोत सिमरा आए उनि घटिमा पनि २ हजार बोकेर आउनु पर्छ अन्यथा हामीलेपनि उनको काम गर्न सक्दैनौ लेखा पढि ब्यवसायीको भनाई छ । यता सिमरा नापी शाखाको क्रमचारीको पनि हबिगत उस्तै देखिएको छ । कार्यालय भित्रै मोबाईलमा घण्टौसम्म गेम खेल्ने तर सेवाग्राहीको काम थाती राख्ने प्रबृती बढ्दै गएको छ ।

 

 

 

पैसा दिएर चाडौँ काम गर्ने नदिए यो कागज पुगेन त्यो कागज पुगेन भनेर हैरान गराउने गरेको पाइएको छ । गेम खेल्ने समयमा काम आए एकछिन परखिन लगाउने त्यसपछि फाईल हेरेर कलैया गएर ल्याउनुस भन्ने तर लेखापढि ब्यवसायीको मार्फत पठाउदा काम तुरुन्तै हुने सेवा ग्राहीको भनाई छ । “जुन जोगी आएपनि कानै चिरेको” भन्ने उखान जस्तै पहिलोको मालपोत कार्यालय सिमराका प्रमुखपछि आएका नयाँ प्रमुखको पालामा कम सहज हुने आशा लिए पनि त्यो नभएपछि यहाँका सेवाग्राहीहरु थप चिन्तामा परेका छन् ।

 

 

 

हालको प्रमुख भन्दा पहिला रहेका कार्यालय प्रमुख मदन गुप्ताले खुलायाम रुपमा भ्रष्टाचार गरेको पाइएपछि हाल उनि अख्तीयारको फन्दामा रहेका छन् भने बर्तमान कार्यालय प्रमुख यादबराज आचार्यसंग सेवा ग्राहीले राखेको आपेक्षा ठिक विपरित हुदैँ गएको छ । मालपोत प्रमुख आचार्य आएपछि सर्वसाधारण जनताले काम गर्न सजीलो हुने आशा राखेपनि त्यसो हुन नसकेको स्थानिय बजनी बासिको भनाई छ ।

Leave a Reply