दिपेन्द्र जयसवाल

गन्जभवानीपुर,बारागढी गाउँपालिका वडा नं. ५ को कार्यालय सिहासनीमा तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत ३९० घण्टे मोबाइल रिपेरिङ्ग तालिम शनिवार सम्पन्न भएको छ ।बारागढी गाउँपालिकाको संयुक्त लगानीमा सञ्चालन भएको सो तालिममा २० जनाको सहभागिता रहेको थियो । तालिममा मोबाईल रिपेरिङ्ग गर्ने समाग्रीहरू आईरन, मल्टिमिटर सेट, चिमटा सेट, कटर सेटसहितको आवश्यक मोबाईल बनाउने समाग्रीहरू तालिममा सहभागीलाई वितरण गरिएको थियो ।वडा नं.५ का अध्यक्ष मनेजर चौधरीको अध्यक्षतामा सम्पन्न सो तालिम समापन कार्यक्रममा बारागढी गाउँपालिकाका अध्यक्ष अशोककुमार जयसवाल, सूचना प्रविधि अधिकृत धुरेन्द्र ठाकुर, शिक्षा प्रमुख जलमती चौधरी, जिन्सी शाखा प्रमुख महेश कुमार ठाकुर लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply