सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको प्रभात टोलमा शनिवार बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।प्रभात टोल विकास समितिको आयोजनामा ‘आफ्नो टोल आफै सफा गरौ’ भन्ने नाराका साथ सरसफाइ कार्यक्रम गरिएको समितिका अध्यक्ष मधुसुदन कडेलले जानकारी दिनुभयो । नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गरी टोलमा रहेका नाला, बाटो सफा गरिएको अध्यक्ष कडेलले बताउनुभयो ।सरसफाइ कार्यक्रमबाट करिब ३ ट्रयाक्टर फोहोर संकलन भएको र सो फोहोरलाई वडाको सहयोगमा विसर्जनका लागि पठाइएको समितिका सचिव पारस पोखरेलले जानकारी दिनुभयो ।आगामी दिनमा पनि टोललाई सधै सफा राख्न सरसफाइ कार्यक्रम गरिने र जथाभाबी फोहोर फाल्नेलाई जरिवाना समेत गरिने सचिव पोखरेलले बताउनुभयो । उहाँले सरसफाइ कार्यलाई प्रभावकारी पार्न टोलका विभिन्न ठाँउमा फोहोर राख्ने डस्टबिनको व्यवस्था गरिने समेत जानकारी दिनुभयो ।सरसफाइ कार्यक्रममा टोल बिकास समितिका पदाधिकारी, वडा नम्बर २ का वडा सदस्य उद्धव गौतम, स्थानीय समाजसेवी लगायत करिब १ सय जनाको सहभागिता रहेको थियो । टोल विकास समितिमा करिब एक सय ८३ घरधुरी संख्या रहेको छ ।