निजगढ,किवानिज क्लब निजगढले शुक्रबार निजगढमा क्यान्सर रोग सम्बन्धि जागरण कार्यक्रम आयोजना गरेको छ ।

निजगढस्थित पार्टी प्यालेसमा भएको कार्यक्रममा चिकित्सक प्राध्यापक राजेन्द्र बरालले क्यान्सर रोग र यसबाट बच्ने उपायको बारेमा जानकारी गराउनु भएको थियो । क्यान्सर रोग विशेषज्ञ डा बरालले सबैभन्दा बढी फोक्सोको क्यान्सर देखिएकाले रोग लाग्नुअघि नै सचेत बन्न आग्रह गर्नुभयो ।

सबैभन्दा बढी फोक्सो, दोस्रोमा स्तन र तेस्रोमा महिलाको पाठेघरको क्यान्सर देखिने गरेको उहाँको भनाइ रहेको छ । विश्वमा मृत्युको १३ प्रतिशत कारण क्यान्सर भएको, वार्षिक ४२ लाख मानिस क्यान्सर रोगले मर्ने र अहिलेसम्म १०० थरिका क्यान्सर रोगको पहिचान भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

खानपानलगायत जीवनशैलीका कारण क्यान्सर रोग बढिरहेकोमा रोग लाग्नु अगावै सचेत बनाउने उद्देश्यले किवानिज क्लब निजगढले जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमको अध्यक्षता किवानिज क्लब निजगढका प्रेसिडेन्ट बिनोद भारतीले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि किवानिज ईन्टरनेशनल एंव हिमगिरी किवानिजका अध्यक्ष भरत ढुङेल रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढुङेलले कार्यक्रम उपलब्धिमुलक रहेको बताउँदै कार्यक्रमका किवानिज क्लब निजगढलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

क्लबका अध्यक्ष विनोद भारतीको अध्यक्षतामा भएको सो कार्यक्रममा निजगढ नगरपलिकाभित्रका महिला स्वमसेविका, महिला अगुवा, समाजसेवीलगायत २ सय जना भन्दा बढी महिला र पुरुषको सहभागिता रहेको थियो । कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चन, नेकपा माओवादीका रवि दङ्गाल, सम्मुनत सहकारीकी अध्यक्ष कल्पना खरेल, राप्रपा निजगढ अध्यक्ष बासुदेव तिमल्सिनालगायतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण किवानिज क्लबका कोषाध्यक्ष खडक उप्रेतीले गर्नुभएको थियो ।

Leave a Reply