कृपा संवाददाता
मन्हर्वा , ३० फागुन । सरकारी महिला लक्षित कार्यक्रमहरु, सिपमुलक तालिमहरु ग्रामीण महिलाको पहुँच बाहिर हरेको पूर्व राज्यमन्त्री एवं प्रदेशसभा सदस्य ज्वाला साहले बताईन् । विहिबार जितपुरसिमरा उपमहानगरपालिका १८को बडहर्वा स्थीत ओम् कारेश्वर मन्दिर परिषरमा आयोजित भेलालाई सम्बोधन गर्दै साहले महिलालाई आत्मनिर्भर बनाउने खालका तालिम सिप गाउँ सम्म ल्याईनु पर्ने बताईन् । महिलालाई स्वरोजार बनाउन सके घरपरिवारसँगै समाजमा आर्थिक परिवर्तन हुने उनले बताईन् ।
फरक प्रशंगमा पूर्व राज्यमन्त्री साहले विगतमा भएका ठुला ओन्दोलनका उपलब्धीको शंरक्षण गर्दै सर्वप्रथम जनताको समृद्धिका लागि राज्यले काम गर्नुपर्र्ने बताईन् । जनता रोग, शोक र भोकमा मर्न बाध्य छन् । उपचार नपाएर हाम्रै आँखा अघि कतीले मर्नु परेको छ । सरकारले विपिन्न गरिबका लागि सम्र्पूृण उपचार निःशुल्क गरिदिनु पर्दछ । आफुले विधान समिती मार्फत कम्तीमा १० हजारबाट मात्रै भएपनी विपन्नका लागि कोषबाट सहयोग गर्न सकियोस भन्दा कसैले नसुनेकोमा दुखेसो सुनाईन् । कानुन नभएर भन्दा पनी बढ्ता कानुन भएर काम गर्न गारो भएको अवस्थाको चर्चा गर्दै साहले तीनै तहका सरकार जनता प्रती उत्तरदायी हुनु पर्ने बताईन् ।
मन्दिर परिषरमा कम्पाउण्ड वाल निर्माणका लागि साहले सांसदिय विकास कोषबाट १० लाख रकम विनियोजन गरी सोको उपभोक्ता समिति गठन गर्न आयोजीत भेलामा वडा नं.१८का अध्यक्ष अर्जुन प्रसाद दाहाल, नेकपा नेता अमृत शर्मा बजगाई, स्थानिय सामाजिक अगुवा नेता बसन्त खतिवडा, विमलराज भारती, प्रमोद पौडेल,अनीता क्षेत्री, पूर्णहरी केसी ,धु्रब कार्की, ध्रुब सिग्देल,निर्मल कुमार यादव लगायतको सहभागिता रहेको थियो । भेलाले पूर्णहरी केसीको अध्यक्षतामा सात सदस्य कम्पाण्डवाल निर्माण उपभोक्ता समिति गठन गरेको छ । जस्को सचिवमा हुतराज ढुङ्गाना र कोषाध्यक्षमा अनुदेवी पुलामी चयन भएका छन् ।