वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको बेरुजु हरेक बर्ष बढ्दै गएको छ। बेरुजु बढेर अहिले वीरगञ्ज महानगरपालिकाको बेरुजु मधेस प्रदेशभन्दा पनि बढी हुन पुगेको छ।महालेखा परिक्षकको कार्यालयले सार्बजनिक गरेको ०७७र७८ को बार्षिक प्रतिबेदन वीरगञ्ज महानगरको बेरुजु रकम मधेस प्रदेश भन्दा पनि बढी देखिएको छ।प्रतिबेदनअनुसार महानगरको ०७७र७८ सम्ममा कुल बेरुजु दुई अर्ब ६६ करोड ८४ लाख ९२ हजार छ । जबकि मधेस प्रदेश सरकारको हालसम्मको बेरुजु एक अर्ब ८१ करोड १६ लाख ६८ हजार मात्रै रहेको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख छ ।यस तथ्यांकअनुसार वीरगञ्ज महानगरको बेरुजु मधेस प्रदेश भन्दा ८५ करोड ६८ लाख २४ हजार बढी हो । ०७७र७८ मा भने वीरगञ्ज महानगरको बेरुजु ७६ करोड २७ लाख ५४ हजार रहेको लेखापरीक्षणले देखाएको छ। जसमध्ये असुल गर्नुपर्ने ३७ करोड ९१ लाख ४१ हजार,प्रमाण् कागजात पेश गर्नुपर्ने ३० करोड ३५ लाख ५५ हजार,नियमित गर्नुपर्ने ६ करोड ६७ लाख १२ हजार र पेश्की एक करोड ३३ लाख ४५ हजार छ।महालेखाको प्रतिबेदनअनुसार ०७६र७७ मा भने वीरगञ्ज महानगरको बेरुजु एक अर्ब ९२ करोड ३३ लाख ८७ हजार रहेकोमा समायोजन र समपरिक्षणबाट हाल उक्त बेरुजु बढेर द्ुई अर्ब ६६ करोड ८४ लाख ९२ हजार पुगेको छ । महानगरपातलकाको लेखापरीक्षणबाट स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको,असुली लक्ष्य अनुसार नभएको,दरबन्दीअनुसार कर्मचारी पदपुर्ति नभएका कारणले बिकाश निर्माण र सेवा प्रबाहमा प्रभावकारतिा नआएको,अनुदानको पर्याप्त अनुगमन नभएको,बितरणुखी कार्यक्रम सञ्चालन गरेको,आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको लगायत ब्यवहोराहरु महानगरमा बिधमान रहेको महालेखाले आफनो प्रतिबेदनमा औल्याएकाले छ।यसैगरी महानगरले आम्दानी र खर्चको श्रेस्ता नगदमा आधारति लेखा प्रणाली अबलम्बन गरेकोले पालिकाको पेश्की बाहेक सम्पति तथा दायित्व यकिन हुने कुनै जानकारी नखुलाएको महालेखाले जनाएको छ ।


















