दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको महागढीमाई नगरपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयम सेवीकाको मोडुलर तालिम बुधवार प्याकेज कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिकाकी नगर उपप्रमुख तारादेवी कानुको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराई, स्वास्थ्य शाखा प्रमुख विजयप्रसाद कुशवाहा, महिला बालबालिकाकी महिला निरीक्षक गुञ्जा जयसवाल, जन स्वास्थ्य निरीक्षक अजयकुमार सिंह, स्वास्थ्य शाखाका छेठौ अधिकृत शिवशंकरप्रसाद यादव, मनोज चौरसियालगायत वडा अध्यक्षहरू, नगरपालिकाभित्र रहेका सम्पूर्ण स्वास्थ्य चौकीका प्रमुखहरू स्वास्थ्यकर्मीहरू र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।सो कार्यक्रममा सहभागीहरूलाई प्रशिक्षण सविना अधिकारी र महिमा शर्मा ढुङ्गानाले दिनुभएको थियो ।

















