राजन कुमार बानिया
पोखरिया,पर्साको पकहामैनपुर गाउँपालिकाले ‘उपाध्यक्ष कन्यादान विवाह अनुदान’ रकम वितरण गरेको छ ।गाउँपालिकाको सभाहलमा बिहीबार गाउँपालिकाकी उपाध्यक्ष सर्फुनेशा खातुनले उपाध्यक्ष कन्यादान विवाह रकम वितरण गर्नु भएको हो ।कार्यक्रममा पकहामैनपुर गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्मका बिस वर्ष पुरा गरेर मात्र विवाह गर्न लागेका २६ युवतीलाई उपाध्यक्ष कन्यादान विवाह अनुदान रकम वितरण गरिएको छ । युवतीहरुलाई जनही ४५ हजार रुपैयाँ वितरण गरिएको हो । यो कन्यदान विवाह अनुदानबाट बाल विवाह रोकथाममा सहयोग पुग्ने उपाध्यक्ष खातुनले विश्वास व्यक्त गर्नुभयो ।सानै उमेरमा विवाह गर्दा बालिकाहरुमा विभिन्न किसिमका समस्या हुने भएकाले त्यसलाई रोक्न कन्यदान विवाह अनुदान कार्यक्रम प्रभावकारी हुने बताउँनुभयो ।‘सडक र भवन निर्माण गर्नु मात्र विकास हैन । महिला, बालबालिका र युवाहरुको अवस्थामा विकास हुनुपर्छ,’ उपाध्यक्ष खातुनले भन्नुभयो, आगामी दिनमा बालविवाह रोक्न बिस वर्ष पुगेर विवाह गर्नेलाई कन्यादान स्वरुप एक लाख रुपैयाँ उपलब्ध गराउने छौ ।’प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष सुरेश मेहताले आफूहरुले गरेको काम सरहानीय भएकाले आगामी दिनमा विशेष सहयोग गरिने बताउँनुभयो ।कार्यक्रममा गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत राज कुशवाहाले गाउँपालिकाबाट ब्याचलर (स्नातक) पढने छात्राहरुलाई शिक्षाको लागि सहयोग गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा विशिष्ट अतिथि पूर्वगाविस अध्यक्ष नसरुलाह मियाँ, वडा अध्यक्ष बलिरामप्रसाद चौरसिया, नेपाली काँग्रेसका नेता लक्ष्मणप्रसाद कुर्मी, हरी चौहान, राकेस कुशवाहा, कार्यालिका सदस्य रामबहादुर सोनार, नेकमहम्द मियाँ, रमावती देबी, अनिल साह तेली, दिलीप शर्मालगायत जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियोे ।



















