रामकिशोर चौधरी
सखुवाप्रसौनी,पर्साको सखुवाप्रसौनी गाँउपालिकामा विभिन्न कार्यक्रम गरि १९औं महिला सामुदायिक स्वंयसेविका दिवस सोमवार मनाइएको छ । दिवसको अवसरमा सखुवाप्रसौनी गाँउपालिका स्वास्थ्य शाखाको आयोजनामा सन्देशमुलक र्याली निकालिनुका साथै हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
सखुवाप्रसैनी गाउँपालिका वडा नम्बर २ स्थित स्वास्थ्य चौकीबाट निकालिएको र्याली गाउँ परिक्रमा पछि दिपनारायण आदर्श नमुना माध्यमिक विद्यालयमा पुगेर समापन भएको थियो । र्यालीपछि आयोजित हाजीरी जवाफ प्रतियोगितामा वडा नम्बर १ देखि ६ सम्मका महिला स्वंयसेविकाहरुले भाग लिएका थिए ।
हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुने समुहलाई नगद ५ हजार रुपैया, द्वितीय हुने समुहलाई नगद ४ हजार रुपैया र तृतीय हुने समुहलाई नगद ३ हजार रुपैया पुरस्कार प्रदान गरिएको थियो ।
सोही अवसरमा महिला स्वंय सेविकाहरुलाई प्रोत्साहित गर्न गाउँपालिका अध्यक्ष यशवन्त यादवलले ब्याग, छाता र टर्च लाइट प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारले जनकारी दिनुभयो ।

















