निजगढ,मानव अधिकार एलाईन्स बाराले बारामा मानव अधिकारको अवस्था विषयमा निजगढमा शनिवार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । संस्थाले आफ्नो २५औँ स्थापना दिवसको अवसर पारेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।निजगढस्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रमका सहभागीहरुहले बारा जिल्लामा मानव अधिकार हननका घटना व्यापक रुपमा बढेको बताएका थिए ।

पछिलो समय जिल्ला सदरमुकामनजिकै भएको हत्याको घटना र अन्य हिंसाका घटना भएको आधारमा सहभागीहरुले जिल्लामा मानव अधिकार हननका घटना बढेको बताएका हुन ।संविधान सभाका सदस्य एवंम नेकपा एमालेका केन्द्रीय सदस्य बलवीर चौधरीको विशेष उपस्थितिमा भएको सो कार्यक्रम नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।कार्यक्रममा मानव अधिकार एलाईन्सका केन्द्रीय सदस्य कृष्ण लामा, एमालेकी नेता टिना सुवेदीलगायतको उपस्थिति रहेको थियो ।मानव अधिकार एलाईन्स बाराका अध्यक्ष अनिल तिवारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सहजीकरण श्रीराम साहले गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष तिर्थराज गौतमले गर्नुभएको थियो ।

















