निजगढ,निजगढ नगरपालिका वडा नम्बर– १० स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लालमा कार्यरत शिक्षक दिनानाथ साहले निजगढ प्राथमिक स्वास्थ्य केन्द्रलाई बुधबार स्वास्थ्य सुरक्षा सामग्री सहयोग गर्नुभएको छ । निजगढ नगरपालिका वडा नम्बर ७ घर भएका शिक्षक साहले स्वास्थ्य केन्द्रमा संचालित आइसोलेशन कक्षमा रहेका कोरोना संक्रमित र स्वास्थ्यकर्मीहरुको लागि सर्जिकल मास्क ५ सय थान, हात धुने साबुन २ सय ८८ पिस, स्यानिटाइजर, १० लिटर तथा स्याउ ५ किलो र ६ दर्जन केरा सहयोग गर्नुभएको हो । शिक्षक साहले निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीमार्फत सो सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

केहिदिन पहिला साहले सामाजिक सन्जालमार्फत कोरनाको रोकथाम र नियन्त्रणका लागि निजगढमा पुर्णरुपमा लकडाउन गर्नु पर्ने बताउदै लकडाउनको कारण कोहि पनि मानिस भोकै बस्नु पर्ने अवस्था आएमा आफुले १ सय ५१ बोरा चामल र दाल समेत सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here