काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता राजेन्द्र महतो बारा २ मा उपचुनाव लड्ने हुनुभएको छ ।लोसपाले बारा २ मा महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको एक शीर्ष नेताले जानकारी दिए । महतो गत मंसिरमा भएको निर्वाचनमा सर्लाही २ मा पराजित हुनुभएको थियो ।धनुषा ३ छाडेर सर्लाही २ फर्किनुभएका राजेन्द्रलाई माओवादी केन्द्रको चुनाव चिह्न लिएर लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र यादवले २ हजार ११ मत अन्तरले पराजित गर्नुभएको थियो ।बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टी जसपाका सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि उक्त क्षेत्रमा १० वैशाखमा उपचुनाव हुँदैछ । जसपाले बारा २ बाट उपेन्द्र यादवलाई उठाउने तयारी गरिरहेको छ ।यादव गत चुनावमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित हुनुभएको थियो । राउतले उम्मेदवार बनाउन भन्दै स्थानीय माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहलाई पार्टी प्रवेश राइसक्नुभएको छ ।४ मंसिरको चुनावमा रामसहायले १३ हजार ८२२ मत ल्याएर चुनाव जित्दा तत्कालीन माओवादीका उम्मेदवार कुशवाह ३५४ मतान्तरले पराजित हुनुभएको थियो ।

Leave a Reply