कृपा सवाददाता
बिरगंज, २४ कार्तिक । खुल्ला सिमा भएकाले दिन दिनै जुन तरिकाले तस्करी मौलाएका छन् । सोहि तस्करी रोक्न त्यती नै जिल्ला प्रहरी कार्यालय पर्सा लागि परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार पर्साको विभिन्न स्थानबाट अबैध सामान बरामद गरेको छ । गैरकानुनी तवरले विभिन्न सामानहरु भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसार पसार गर्दै गरेको अवस्थामा चार बोरामा रहेको दुई सय किलो हरियो केराउ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिए ।

 

 

बरामद गरीएको केराउ भन्सार कार्यालय बिरगंजमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साले बताए । त्यसैगरी प्रहरीको गस्ती टोलीले पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ४ विन्दवासिनीबाट अबैध गहु बरामद गरेका छन् । ना २ त ७९०१ नम्बरको ट्याक्टरमा लोड गरी भंसार छलि चोरी पैठारी गरी ल्याउदै गरेको अवैध गँहु सहित ट्याक्टर नियन्त्रणमा लिएका बारे जिल्ला प्रहरी कार्यालय पर्साले जनाए ।

 

 

बरामद गरेको अवैध गँहु सहित ट्याक्टर प्रहरीले नियन्त्रणमा लिई भन्सार कार्यालय बिरगंजमा पठाईएको प्रहरीले जनाकारी दिए ।

Leave a Reply