सर्बोच्च अदालत रमिते बनेको लामो समय भइसकेको छ । न्याय पाउने स्थान यसरी रमिते भन्दा भने न्यायपालिकामाथि गम्भीर प्रश्न उब्जिएको छ । प्रधानन्यायाधिशकै बिरुद्धमा नेपालको इतिहासमा बिरलै हुने घटना भएको छ । प्रधानन्यायाधिश विरुद्ध वलिकहरु नै आन्दोलित भएका छन् । उनीहरु आन्दोलनमा उत्रिएको पनि लामो समय भएको छ ।
वकिलहरुको आन्दोलनले न्यायपालिकाको गरिमामा गरिवट त आएको नै साथमा आम नागरिकहरुको न्याय पाउने अधिकारमाथि पनि अंकुश लागेको छ । हिजोसम्म त्यही प्रधानन्यायाधिशको बेन्चमा बहसमा रहेका वलिकहरुका बीचमा आज के कुरा मिलेन र यसरी आन्दालनको मैदानमा उनीहरु उत्रिए भन्ने कुरा चैं महत्वपूर्ण हो ।
स्वार्थका लागि सबै कुराको तिलाञ्जली उनीहरुले नदिउन् भन्ने नागरिकहरुको चाहना हो । बारको आन्दोलनको असर जिल्ला जिल्लामा समेत देखिएको छ । जिल्लामा रहेका बार इकाइहरु समेत आन्दोलनमा उत्रिएपछि उनीहरुको सेवाग्राहीहरु पनि मारमा परेका छन् । यसरी उनीहरुले आफ्नो स्वार्थका लागि नागरिकहरुलाई सास्ती दिनु आफैमा अन्याय होइन र ?















