चन्द्रपुर,मङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग आज बिहानदेखि सञ्चालन भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका– ४ लमाह पुल नजिक ग्यास बुलेट पल्टिँदा अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग २४ घण्टापछि संचालनमा आएको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर फ्याँकेर टङ्याकर हटाइएको हो । बाटोबाट बुलेट हटाउन छ वटा क्रेन प्रयोग गरिएको थियो । यसअघि साना सवारीसाधन चन्द्रनिगाहपुर– गौर वैकल्पिक बाटो प्रयोग गरेका थिए ।

















