वीरगन्ज,नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र पर्सा जिÞल्ला कमिटीको दोश्रो बैठक बुधबार सम्पन्न भएको छ । जिÞल्ला अध्यक्ष बिजय महतोको अध्यक्षतामा बसेको बैठकले पार्टीको केंद्रीय परिपत्र अनुसार साउन २८ गतेभित्र जिल्लाका सबै वडामा वडा कमिटी गठन र पुर्नगठन गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले पार्टी समायोजनको जिम्मा क्षेत्र नम्बर १ मा रामदरश कसुवाहा, क्षेत्र नम्बर २ मा बाबूराम कौसिक, क्षेत्र नम्बर ३ मा छोटेलाल यादव र क्षेत्र नम्बर ४ मा जिल्ला अध्यक्ष बिजय महतो तथा वीरगन्ज महानगरको जिÞम्मा रहबर अंसारीलाई दिने निर्णय पनि गरेको छ । पार्टीको जिल्ला कमिटीमा सचिवको व्यवस्था नभएसम्मको लागि कार्यक्रम संचालन गर्ने जिÞम्मा जिÞल्ला कमिटी सदस्य प्रभाकर गुप्तालाई दिने निर्णय पनि बैठकले गरेको छ । पार्टी केंद्रीय सदस्य तथा पूर्वमन्त्री उर्मिला आर्यालको प्रमुख आतिथ्यतामा बसेको बैठकमा प्रदेश कमिटी सदस्य छोटेलाल यादव, रामदरश कुशवाह, बाबुराम कौसिक, बालेश्वर थारु, प्रदेश सभा सदस्य पस्मिना कÞादरी र जगरनाथ गाउँपालिकाका अध्यक्ष जÞालिम मियाँ लगायतको पनि सहभागिता रहेको थियो ।