काठमाडौं,नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार खुला ३५ केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ । शनिबार र आइतबार दुई दिनसम्म भएको मतगणनाको आइतबार साँझ मतपरिणाम सार्वजनिक भएको हो ।

खुल्ला ३५ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा ९९ जना उम्मेदवार रहेका थिए । त्यसमा १६ जना पहिलो पटक केन्द्रीय सदस्य बनेका छन् भने १९ जना पुरानै अनुहार दोहोरिएका छन् ।

केन्द्रीय सदस्यमा निर्वाचित नयाँ अनुहारमा अधिकांश चर्चित युवा नेताहरु छन् । निर्वाचित हुनेमा अधिकांश नेपाल तरुण दल र नेपाल विद्यार्थी संघको नेतृत्व गरिसकेका नेताहरु छन् ।

पहिलो पटक केन्द्रीय सदस्य बन्नेमा उदयशमशेर राणा, रामहरि खतिवडा, जितजंग बस्नेत, नैनसिंह महर, कुन्दनराज काफ्ले, गुरु बराल रहेका छन् । त्यस्तै राजीव ढुंगाना, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी पनि पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन् । केन्द्रीय कार्यसमितिमा नयाँ अनुहारमा उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे र मोहन आचार्य रहेका छन् ।

केन्द्रीय सदस्यमा सर्वाधिक मतसहित निर्वाचित राणा तरुण दलका पूर्वअध्यक्ष एवं संविधान सभा सदस्य हुनुहुन्छ । खतिवडा पार्टी राजनीतिबाटै आएका नेता हुन् भने बस्नेत तरुण दल अध्यक्ष हुनुुहुन्छ । काफ्ले नेविसंघका पूर्वमहामन्त्री र बराल नेविसंघका पूर्वउपाध्यक्ष हुनुहुन्छ । त्यस्तै ढुंगाना नेविसंघका अध्यक्ष हुनुहुन्छ । गौतम बर्दियाका निवर्तमान जिल्ला सभापति र पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुनुहुन्छ ।

अमात्य कांग्रेस ललितपुर जिल्लाका निवर्तमान सभापति हुनुहुन्छ भने शिवाकोटी पत्रकार र रायमाझी नेविसंघबाट पार्टी राजनीतिमा आउनु भएको हो । त्यस्तै लामा तत्कालीन फोरम लोकतान्त्रिकबाट नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको हो । घिमिरे कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य हुनुहुन्छ भने आचार्य रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here