नरेश गुप्ता
बरियारपुर – कोरोना कोभिड १९ ले बिश्व भरी महामारीको रुपमा फैलिएकोले कोरोनाको त्रासले बाराको ब्यापारीक केन्द्रहरुमा चहलपहल घटदै गएको छ । उपभोक्ताहरु बढी भिडभाड हुने ठाउमा चिकित्सकले नजान सल्लाह दिएपछि ब्यापारिक केन्द्रहरुमा मानिसको चहलपहल घटेको छ । छिमेकी देश भारतको विभिन्न राज्यमा अहिलेसम्म कोरोना भाईरस बाट ८ जनाको मृत्यु भएपछी त्यसको असर नेपालमा पनि संक्रमण फ़ैलिने खतरा बढेकोले सिमानाका लगायत ब्यापारीक केन्द्रहरुमा मानिसको चहलपहल घटेको बरियारपुर बजारमा मोबाईल पसल संचालन गर्दै आएको मनिशंकर गुप्ताले बताए ।
कोरोना कोभिड १९ बाट वचन नेपाल भारत सिमानाकामा आवतजावत बन्द भएपछी सिमानाका लगायत आसपासको ब्यापारीक केन्द्रहरुमा आईतवार बिहानै देखि मानिसहरूको चहलपहल घटेको छन । कोरोना कोभिड १९ बाट वचन नगर प्रमुख उपेन्द्र प्रसाद यादवले हाट बजार , सार्वजनिक स्थल , मठ मन्दिर , मस्जिदमा समेत भिडभाड नलगाउन सबैलाई संचेत गराईएको बताउनु भयो । हाट बजारमा माछा मासु ,कुखुराको मासु बिक्री बितरण समेत घटेको नगर प्रमुख यादवले बताउनु भयो ।
कोरोना कोभिड १९ बाट वचन महागढीमाई नगरपालिका अन्तर्गत रहेको स्वास्थ शाखाले समेत नगर भित्रको सबै स्वास्थ केन्द्रहरुमा स्वास्थ सतर्कता अपनाउन , प्रचार प्रसार गर्न साबुन पानीले हात धुन , मास्क लगाउन सेवाग्राहीलाई आग्रह गरिएको नियमित प्रमुख प्रशासकिय अधिकृत बिजय प्रसाद कुशवाहाले बताउनु भयो ।
कोरोना कोभिड १९ को संक्रमण बाट बच्न साबुन पानीले हात पटक पटक धुन , सेन्टिलाइजर प्र्स्योग गर्न , भिडभाडमा नजान , मास्क लगाउन , खोक्दा नाक मुख रुमालले छोप्न चिकित्सकहरुले सबैलाई सल्लाह दिइएको स्वस्थ्य शाखा प्रमुख अजय सिहले बताउनु भयो । कोरोना कोभिड १९ को कारण बाराको सदरमुकाम कलैया , सिमानाका कवहिगोढ , ब्यापारिक केन्द्र सिम्रौनगढ , बरियारपुर , गंजभवानिपुर लगायतको ब्यापारिक केन्द्रहरुमा चहलपहल घटेको ब्यावासायीहरु बताउछन ।