कलैया,देशको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएपछि रामसहाय यादव पहिलो पटक गृह जिल्ला बारा आउनुभएको छ । यादव बुद्ध एयरको जहाजमा काठमाण्डौबाट सिमरा विमानस्थल हुँदै बारा आइपुग्नुभएको हो ।उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवको यो पहिलो गृह जिल्ला भ्रमण हो । बारा आएलगत्तै उपराष्ट्रपति यादवले बरियारपुरमा रहेको गढीमाई मन्दिरमा पूजा गर्नुभएको छ । पूजासंगै बरियारपुरमा आयोजित कार्यक्रममा समेत उपराष्ट्रपति यादव सरिक हुनुभएको थियो । उहाँलाई महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव र गढीमाई विकास समिति (ट्रष्ट) का अध्यक्ष रामचन्द्र साहले स्वागत गर्नुभएको थियो । उपराष्टपति यादवले आइतवार नै निर्वाचन क्षेत्र नम्बर २ को सुवर्ण गाउँपालिकाका विभिन्न गाउँमा पुगेर राजनीतिक दलका कार्यकर्ता, सर्वसाधारण र आफन्तसंग भेटघाट गर्नुभएको थियो । त्यसैगरी उहाँ सिम्रौनगढको कार्यक्रममा पनि सरिक हुनुभएको थियो । साँझ भने सिम्रौनगढको बसबरियास्थित घरमा बस्ने कार्यक्रम रहेको बताइएको छ ।उपराष्ट्रपतिमा निर्वाचित भएपछि उहाँ आफ्नो संसदीय निर्वाचन क्षेत्रमा समेत पर्ने ऐतिहासिक गढीमाई मन्दिरमा पूजा गर्दै उपराष्ट्रपति यादवले दुई दिने गृह जिल्ला भ्रमणको सुरुवात गर्नुभएको हो ।मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यादव बारा २ बाट दोस्रो पटक निर्वाचित हुुनुभएको थियो । उपराष्ट्रपति यादवलाई सिमरा विमानस्थलमा मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव लगायतले स्वागत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here