मनहर्वा,जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ बडहर्वामा छतबाट लडेर एकजना पुरुषको मृत्य भएको छ ।
मृत्यु हुनेमा स्थानीय ४९ बर्षिय थमनबहादुर थापा मगर रहेका छन । उनको आफ्नै एकतले घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । साँझ खाना खाई छतमा सुतेका थापालाई शुत्रवार बिहान साँढे ४ बजे परिवारका सदस्यले आँगनमा लडेको अवस्थामा शव फेला पारेका थिए ।

















