वीरगन्ज,वीरगन्जमा आयोजित दोश्रो मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि मनकामना माध्यमिक विद्यालयले जितेको छ । मंगलबार भएको फाइनल खेलमा साउथ जोन माविलाई ५५ रनले पराजित गर्दै मनकामना माविले उपाधि हात पारेको हो । आदर्शनगर रंगशालामा भएको फाइनल खेलमा टस जितेर पहिले व्याटिंग गरेको मनकामना माविले पुरा २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ११४ रन बनाएको थियो । ११५ रनको लक्ष्य लिएर जवाफी व्याटिंगमा उत्रिएको साउथ जोनले १६ ओभर ५ बलमा अलआउट हुदै ५९ रन मात्र बनाएपछि खेलसंगै उपाधि पनि मनकामना माविले जितेको हो । वीरगन्ज महानगरपालिकाले आयोजना गरेको दोश्रो मेयर कप रनिङ शिल्ड अन्तर्गत फागुन १८ गतेदेखि आयोजित क्रिकेट प्रतियोगिताको उपाधि मनकामना माविले जितेको हो । दोश्रो मेयरकप रनिङ शील्ड अन्तर्गत यसअघि फिल्ड इभेण्ट र ट्रयाक्ट इभेण्टका सम्पूर्ण खेलहरु सपन्न भईसकेका थिए ।

Leave a Reply