बरियारपुर,कलैया उपमहानगर पालिका वडा नम्बर ४ मा विभिन्न पार्टी परित्याग गरि माओवादीको भातृ संघठनमा वाईसिएलमा मंगलबार २० जना युवा प्रवेश गरेका छन ।
माओवादी केन्द्रका जिल्ला समिति सदस्य उमेश यादवको प्रमुख अतिथ्यता र डा.सुुशिल साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २० जनाले पार्टी प्रवेश गरेका छन । पार्टी प्रवेश गर्नेहरुमा माधो साह गोढ, श्याम किशोर राम, संजय साह, अभिमन्यु साह, मनोज महतो, धिरज साह गोढ, दिनेश मण्डल, बिलुप्रसाद साह, रमेश साह लगायतका व्यक्तिहरु रहेका छन् । पार्टी प्रवेश गर्ने सबैलाई प्रमुख अतिथि यादव र सभा अध्यक्ष साहले माला र अबिर र दोसल्ला ओढाएर पार्टीमा स्वागत गर्नुभएको थियो । वाईसीएलका प्रतिनिधि डाक्टर सुशील साहले पार्टी प्रवेशका युवाहरूप्रति अभार प्रकट गर्दै शुभकामना तथा बधाई दिनुभएको थियो ।